जनकपुर,२८ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत बस सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका छन्।
जनकपुरमा शुक्रबार आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले हातमा हरियो झण्डा लिएर बस सेवा सुरू गरेका हुन्।
यसअघि प्रधानमन्त्री ओली र मोदीले जनकपुरमा छुट्टाछुट्टै सम्बोधन गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उद्घाटनपछि जनकपुरदेखि भारतको अयोध्यासम्मका लागि शुक्रबार बस प्रस्थान गरेको छ।
PM Narendra Modi & Nepalese PM KP Sharma Oli flag off the Indo-Nepal bus service from #Nepal's Janakpur to Uttar Pradesh's Ayodhya. pic.twitter.com/4cxRf64cOM
— ANI (@ANI) May 11, 2018



















