लसएञ्जल्स(संयुक्त राज्य अमेरिका), २८ फागुन । यस पटकको ओस्कार अवार्डमा ओपनहाइमरले बाजी मारेको छ ।
ओपनहाइमरले कयैन् विश्व प्रतिष्ठित फेस्टिभल तथा अवार्डमा आफ्नो वर्चस्व कायम गरिसकेको छ ।
सोमबार बिहान लस एन्जिलिसको डल्बी थिएटरमाभएको अवार्ड समारोहमा २०२३ को सफल फिल्म ‘ओपेनहाइमर’ले ७ वटा विधामा अवार्ड जितेको हो । उत्कृष्ट फिल्मसहित उत्कृष्ट निर्देशकसम्मको अवार्ड फिल्मले आफ्नो पोल्टामा पार्यो ।
ओस्कारमा १३ विधामा मनोनयन भएको ‘ओपेनहाइमर’ले सर्वोत्कृष्ट फिल्मसहित निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन ओपेनहाइमर, छायांकन र बेस्ट ओरिजिनल स्कोरको अवार्ड जितेको हो । त्यस्तै, दोस्रो सर्वाधिक विधामा फिल्म ‘पुअर थिंग्स’ले अवार्ड जित्न सफल भयो । सन् २०२३ मा सर्वाधिक चर्चामा रहेको अर्को फिल्म ‘बार्बी’ले भने जम्मा एउटा अवार्डमा चित्त बुझायो ।
क-कसले जिते अवार्ड ?
बेस्ट फिल्म : ओपेनहाइमर
बेस्ट डिरेक्टर : क्रिस्टोफर नोलन (ओपेनहाइमर)
बेस्ट एक्ट्रेस : एम्मा स्टोन (पुअर थिंग्स)
बेस्ट एक्टर : किलियन मर्फी (ओपेनहाइमर)
बेस्ट ओरिजिनल सङ : व्हाट वाज आई मेड फोर – बिली एलिस (बार्बी)
बेस्ट सपोर्टिङ्ग एक्टर : रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
बेस्ट सपोर्टिङ्ग एक्ट्रेस : डाभाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
बेस्ट ओरिजनल स्कोर : लुडविग गोरानसन (ओपेनहाइमर)
बेस्ट साउन्ड : द जोन अफ इन्ट्रेस्ट
बेस्ट सिनेमेटोग्राफी : ओपेनहाइमर
बेस्ट डक्यूमेन्ट्री फिचर फिल्म : ट्वान्टि डेज इन मारियुपोल
बेस्ट इडिटिङ : ओपेनहाइमर
बेस्ट भिजुअल इफेक्ट : गोडजिला माइनस वन
बेस्ट इन्टरनेशनल फिचर फिल्म : द जोन अफ इन्टरेस्ट
बेस्ट कस्ट्यूम डिजाइन : पुअर थिंग्स
बेस्ट प्रोडक्शन डिजाइन : पुअर थिंग्स
बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ : पुअर थिंग्स
बेस्ट एडप्टेड स्क्रिनप्ले : अमेरिकन फिक्सन
बेस्ट ओरिजनल स्क्रिनप्ले : एनाटोमी अफ ए फल
बेस्ट एनिमेटेड फिचर फिल्म : द ब्वाय एन्ड द हेरन