Prakash Adhikari March 25, 2024

कीर्तिपुर(काठमाडौं), १२ चैत्र । नेपाली राष्ट्रिय सिनियर पुरुष क्रिकेट टोलीले आयरल्यान्ड वुल्भस् विरुद्ध आज पहिलो टी २० श्रृखला खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे खेल सुरु हुने छ ।

सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ ।

हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गर्दै नेपालले टोली घोषणा गरिसकेको छ ।

हङकङ पुगेको टोलीमा रहेका आरिफ शेख, सागर ढकाल, लोकेश बम, विनोद भण्डारी र राशिद खान टोलीबाट बाहिरिएका छन् । यस्तै अनिल शाह, कुशल मल्ल, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख टोलीमा फर्किएका छन् ।

नेपालले आइरिस टोली विरुद्ध आउँदो चैत्र १२ र १४ गते खेल्दैछ । त्यसपछि टोली बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।

चैत्र १८ गते नेपालले गुजरातको सामना गर्नेछ भने चैत्र २० मा नेपाल र बरोडा भिड्नेछन् । यस्तै चैत्र २१ मा पुनः गुजरात विरुद्ध र चैत्र २३ मा बारोडा विरुद्ध खेल्नेछ । फाइनल खेल चैत्र २५ मा हुनेछ ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द

आयरल्यान्डको टोली:

निल रक (कप्तान): रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट

प्रशिक्षक रायन इगल्सन

सहायक प्रशिक्षकः पिट जोन्सन, क्रिस ब्राउन

आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण (मार्च २४ देखि अप्रिल७)

मार्च २४ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च २५ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च २८ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च २९ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च ३१ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

अप्रिल ३ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

अप्रिल ५ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

अप्रिल ७ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

 

Share Now