काठमाडौं, १८ चैत्र। नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याललाई मातृशोक परेको छ । उहाँकी आमा सोमना पौड्यालको ८१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।
उहाँको आज दिउँसो पशुपति आर्याघाटमा उनको दाह संस्कार सम्पन्न भएको छ ।
अध्यक्ष उपेन्द्र पौड्यालको आमालाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि चावहिलको मेडिकेयर अस्पतालमा उपचार भइरहेको थियो । उहाँको उपचारको क्रममा निधन भएको हो ।
उहाँका तीन छोरा र दुई छोरी छन् ।


















