काठमाडौँ, १९ चैत । आजदेखि पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल आयल निगमले एक विज्ञप्ति प्रकाशित गरेर गए मध्यरातदेखि पेट्रोलको मूल्य वृद्धि भएको जानकारी गराएको छ ।
बढ्ेको मूल्यअनुसार राजधानी काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको प्रतिलिटर मूल्य रु १ सय ७५ पुगेको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ १ सय ७२ रुपैयाँ ५० पैसा रहेको छ । दोस्रो बर्गमा पर्ने दाड. र सुर्खेतमा प्रतिलिटर रु १ सय ७४ पुगेको छ । तेस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु १ सय ७५ मूल्य कायम गरिएको छ ।
नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयअनुसार नयाँ मूल्य सोमबारदेखि लागू भएको हो ।
निगमले दिएको जानकारी अनुसार इण्डियन आयल कर्पोरेशनबाट ३१ मार्चमा पेट्रोलको मूूल्य मूल्य प्रतिलिटर ४ रुपैयाँ ७६ पैसाले बढेर आएकोले मूल्य बढाउन परेको हो । निगमका अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३९ पैसा, हवाई इन्धनमा ३८ पैसा र ग्यासमा २७ रुपैया ४४ पैसा घटेको भए पनि निगमलाई ग्यासमा अझै प्रतिसिलिण्डर २ सय ९६ रुपैया १५ पैसा नोक्सानी रहेकोले पेट्रोल बाहेक अन्यको मूल्य यथावत राख्ने निर्णय भएको छ ।