कीर्तिपुर (काठमाडौँ), २५ चैत्र । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपाल भ्रमण श्रृखलाको अन्तिम तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालसामु २ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिके मैदानमा टस जितेर पहिले ब्याटिड. गरेको आयरल्याण्डस् ए ले ५० ओभरको खेलमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ८४ रन जोडेको थियो ।
आयरल्याण्डको लागि ओपनर स्टेफन दोहेनीले १ सय ७ रन, पिटर मूरले ४४, म्याथु्र हम्फ्रेले २३, मोरगन टप्लिड.ले २१, फियोन ह्याण्डले २०, बेन ह््वाइटले १९, गिभन होयले १४, जेम्स म्याककुलमले ९, क्याडे क्यारमिचेलले ८ र क्याप्टेन निल रकले १ रनको योगदान दिए ।
आयरल्याण्डलाई रोक्ने क्रममा नेपालका रिजन ढकाल र रञ्जितकुमारले ३।३ तथा विकास आग्री र साहब आलमले १ । १ विकेट लिएका थिए ।
यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर नेपाल ‘ए’लाई बलिङको निम्तो दिएका थिए ।
तीन खेलको एक दिवसीय शृङ्खलामा आयरल्याण्ड ‘ए’ले सुरुका दुई खेल जित्दै शृङ्खलामा कब्जा जमाइसकेको छ । आज नेपाल ‘ए’ सान्त्वना जितको खोजीमा छ ।
नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।
नेपालको आजको प्लेइङ ११ मा कप्तान विनोद भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, सहाब आलम, रञ्जित कुमार, रुपेश, रिजन, विकास आग्री छन् ।