विज्ञान कार्की
एडिलेड(अष्ट्रेलिया), २५ चैत्र । महजोडीको नामले चर्चित वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि अष्ट्रेलियाको एडिलेडको मञ्चमा दर्शक माझ आउने हुनुभएको छ।
एसके इभेन्ट्स एडिलेडद्वारा आयोजना गरिएको, बहुप्रतीक्षित महजात्रा एडिलेड जुन ७ मा आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ।
मह जोडीको साथमा सम्मानित वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले मनोरञ्जन र सांस्कृतिक उत्सवलाई अविस्मरणीय साँझ बनाउनु हुने विश्वास गरिएको छ ।
ऐतिहासिक क्याप्री थिएटर गुडवुडमा आयोजना हुने पहिलो नेपाली कार्यक्रमलाई महत्वको साथ हेरिएको छ ।
दिग्गज नेपाली कलाकारहरुको प्रस्तुतिको साथ महाजात्रा एडिलेडले नेपाली सांस्कृतिक समृद्धि र हास्य प्रस्तुतिको इतिहास बनाउने एसके इभेन्ट्स एडिलेडका प्रबन्ध निर्देशक कमल थापा मगरले बताउनुभएको छ ।
यस इभेन्ट्सको शीर्षक प्रायोजकको रूपमा एक्सपर्ट एजुकेसनल एंड भिसा सर्विस जोडिएको छ।
एक्सपर्टका प्रबन्धक रुपक बर्तौलाले यो महत्वपूर्ण कार्यक्रममा जोडिन पाएकोमा ख़ुशी ब्यक्त गर्नुभएको छ।