कीर्तिपुर(काठमाडौँ), २५ चैत्र । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपाल भ्रमण श्रृखलाको अन्तिम तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेल पनि जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिके मैदानमा टस जितेर पहिले ब्याटिड. गरेको आयरल्याण्डस् ए ले ५० ओभरको खेलमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ८४ रन जोडेको थियो । उसले दिएको २ सय ८५ रनको लक्ष्य नेपालले हासिल गर्न सकेन । उसले ५० ओभरको एकदिवसीय खेल २ सय १५ रन बनाएको अवस्थामा ३९.४ ओभरमा अल आउट हुँदै नतिजा आयरल्यण्ड ए को पक्षमा सुम्पियो ।
नेपाल ए का लागि अर्जुन कुमालले १ सय २ रन, अर्जुन साउदले ३०, नरेन्द्र भट्टले २१,रुपेश सिंह र नरेन्द्र भट्टले १५। १५ , देव खनालले ११, साहव आलमले ६, विकास आग्रीले ३, विनोद भण्डारीले४ ,रञ्जित कुमारले १ रन बनाए भने रिजन ढकाल र भिम सार्कीले शून्य रनमा आउट भए ।
नेपाललाई रोक्ने क्रममा आयरल्याण्ड ए का वेन ह्वाइटले ५ र ग्याभिन होयले ४ विकेट लिए भने म्याथ्यु फोष्टरले १ विकेट लिए ।
यस पहिले यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर नेपाल ‘ए’लाई बलिङको निम्तो दिएका थिए ।
टस जितेर ब्याटिड. रोजेको आयरल्याण्डको लागि ओपनर स्टेफन दोहेनीले १ सय ७ रन, पिटर मूरले ४४, म्याथु्र हम्फ्रेले २३, मोरगन टप्लिड।ले २१, फियोन ह्याण्डले २०, बेन ह््वाइटले १९, गिभन होयले १४, जेम्स म्याककुलमले ९, क्याडे क्यारमिचेलले ८ र क्याप्टेन निल रकले १ रनको योगदान दिए ।
आयरल्याण्डलाई रोक्ने क्रममा नेपालका रिजन ढकाल र रञ्जितकुमारले ३।३ तथा विकास आग्री र साहब आलमले १ । १ विकेट लिएका थिए ।
तीन खेलको एक दिवसीय शृङ्खलामा आयरल्याण्ड ‘ए’ले सुरुका दुई खेल जित्दै शृङ्खलामा कब्जा जमाइसकेको थियो ।
नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।