वापी(गुजरात,भारत), २५ चैत्र । एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले गुजरातलाई पराजित गर्दै उपाधि हात पारको छ ।
गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १ सय ७७ रनको लक्ष्य गुजरातले पूरा गर्न सकेन ।
उसले २० ओभरको खेल पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ५८ रन मात्र जोड्न सक्यो ।
गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि रोहित पौडेलले कप्तानी पारी खेले। उनले सर्वाधिक ७४ रन बनाए ।
नेपालका लागि ब्याटिङतर्फ ओपनर आशिफ शेख ३४ र कुशल भुर्तेल १९ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरी ७ रनमा क्याच आउट भए। कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा नटआउट रहे।
नेपाललाई रोक्ने क्रममा गुजराताका लागि जयमित, शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले समान एक(एक विकेट लिए।
गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए।
सिरिजका दुई खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो।
जारी प्रतियोगितामा नेपाल, गुजरात र बरोडाबीच प्रतिस्पर्धा भएको थियो ।
लिग चरणका चार खेलमध्ये तीन खेलमा विजयी भएको नेपाल अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो ।