काठमाडौं, १९ वैशाख । नेपाली क्रिकेट स्टार एवम् राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार हुन पुगेको बताएका छन् ।
नेपाल क्रिकेट एशोसिएसनले आईसीसी टी २० विश्वकप खेल्ने टोली घोषणा गरेपछि बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको दाबी गरेका हुन् ।
लामो समय मौन रहेका सन्दीपले बुबार साँझ फेसबुक र ट्वीटरमा दुई वटा पोष्ट गरेका छन् । पहिलो पोष्टमा उनले भनेका छन्,”लामो समयदेखि सामाजिक सञ्जालमा पोस्ट गर्नबाट मैले आफूलाई रोकिराखे। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशिर्वाद दिउन्। म सबै कुरा भगवानमा छोड्छु। उजागर नभएसम्म सत्यतथ्य समयले बताउनेछ ।”
दोस्रो पोष्टमा उनी केही आक्रोशित पनि देखिन्छन् । उनी भन्छन,”म कानून र सम्मानित अदालतका आदेशहरुको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन् ।”
Sandeep Lamichhane@Sandeep25एक युवतीले यौनदूराचामा लगाएको आरोपमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीपको पुनरावेदन मुद्दा उच्च अदालतले तेईस गते पेशी ताकेको छ ।
जिल्ला अदालतले यौनदूराचार प्रकरणमा उनलाई दोषी ठहर गरेपनि युवती नाबालिक नभएको ठहर गरेकोले उनले सफाई पाउने संभाबना बलियो छ । किनकी
यौनसम्पर्क भएको भनिएको समयका परिस्थितिजन्य विवरणले दुुवैजनाको सहमतिमा काम भएको देखाउछ ।
बन्द शिविरमा रहेका सन्दीपलाई जोसंग पहिले भेटघाट पनि भएको हुँदैन,उनैले भेट्न बोलाउछिन, पहिलो भेटमै नगरकोट डेटिड. जाने प्रस्ताव गर्छिन । काठमाडौंदेखि नगरकोट जाँदा त्यहाँ बसेर खाजा खाँदा र फर्र्कदा बाटोमा प्रहरी वा सामान्य व्यक्ति कसैलाई आफूलाई जबरजस्ती घुमाउन लगेको रिपार्ट गर्दिनन् । यसबारे आफन्तहरुलाई जानकारी पनि गराउन्नन् । काठमाडौं फर्केपछि उनी बस्ने गरेको होस्टलमा वा उनका आफन्तकहाँ छोडिदिन्छु भन्दा पनि उनी मान्दिनन् र संगै रात बिताउने गरी होटलमा बस्न प्रस्ताव गर्छिन् । होटलमा राजिखुसी बस्छिन् । मोजमस्ती गर्छिन । बिहान हाँसी खुसी बिदा हुन्छिन् । त्यस दिन र रातमा भएका क्रियाकलापबाट आफूलाई अत्यन्त सन्तोष भएको कुरा साथीभाईलाई बताउछिन् ।
संगै रात बसेको भेउ पाउनासाथ कसैले उनलाई उकास्छ र तीनहप्ता पछि गौशाला प्रहरीमा जाहेरी दिन्छिन् । सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न पाउदैनन् । प्रहरीले एकतर्फी अनुसन्धान प्रतिवेदन बनाउछ । अदालतबाट पक्राउ आदेश जारी गर्छ । नेपाल फर्किन्छु भन्दाभन्दै रेड कर्नर नोटिस जारी गर्छ । अदालतले उनलाई उजुरी गर्ने युवतिसंग सम्पर्क गर्न, उनको परिवारजनसंग सम्पर्क गर्न, आपसी सम्वाद गर्न पनि रोक्छ र यहासम्मकी घटनाको वास्तविकता के हो त्यसबारे पनि सार्वजनिक रुपमा बोल्न,प्रेससामु बोल्न रोक्छ । उनी नेपाल फर्केपछि एअरपोर्टबाटै पक्राउ पर्छन् र जेलमा पुर्याइन्छन् । उनको खेल जीवन चौपट्ट हुन्छ ।
यसैले उनी षड्यन्त्रको शिकार भएको पुष्टि गर्दछ ।
काठमाडौं जिल्ला अदातलले युवतीको उमेर पुगेको ठहर गरेकोले यौनसम्पर्क भएपनि सहमतिमा भएको ब्याख्या गर्न मिल्छ । उमेर पुगेका युवायुवतीको सहमतिको यौनसम्पर्क दण्डनीय अपराध र सजाँययोग्य कसूर नहुने फैसला अन्नपूर्णा राणाको मुद्दामा सर्वोच्च अदालतले बोलिसकेको छ ।


















