ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका), १४ जेठ । आईसीसी पुरुष टी २० विश्वकप अन्तरगत आजदेखि सुरु भएको औपचारिक वार्मअप खेलमा नेपाललाई क्यानडाले १ सय ८४ रनको लक्ष्य दिएको छ ।
संयुक्त राज्य अमेरिकाको ड्याल्लासमा भैरहेको खेलमा नेपालले टस जितेर फिल्डिड. रोजेपछि ब्याटिड. सम्हालेको क्यानडाले राम्रो योगफल बटुलेको छ । उसले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको छ ।
क्यानडाका लागि निकोलास किर्तनले ५२, रविन्दर सिंहले ४१,नवनित धारिवालले ३२, डिल्लन हेलिड.गर र प्रगत सिंहले १३। १३, आरोन जोन्सनले १० , दिलप्रित बज्वाले ३, क्याप्टेन सादविन जाफर र श्रेयास मुभले २ रनको योगदान दिए ।
क्यानडालाई रोक्ने क्रममा नेपालका अविनास बोहोराले २ तथा करन के.सी.,ललित राजवंशी, सोमपाल कामी,गुल्शन झा,सागर ढकालले एक एक विकेट लिए ।
नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईले आजको प्लेइड. ११ मा रोहित पौडेल,आशिफ शेख,कुशल भूर्तेल, अनिल साह,कुशल मल्ल,करन के.सी,गुलशन झा,सोमपाल कामी,सन्दीप जोरा,अबिनास बोहोरा र सागर ढकाललाई चयन गरेका छन् ।
क्यानडाले दिएको लक्ष्य मध्यम स्तरको मानिन्छ । हेरौं, नेपालका ब्याटरहरुले आफूलाई कतिको निखारेका छन् ।