ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका), २६ जेठ । आईसीसी पुरुष विश्वकप क्रिकेट २०२४ अन्तरगत शुक्रबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई दुई विकेटले पराजित गरेको छ ।
डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जिटेर फिल्डिड. रोजेको बंगलादेशले प्रतिस्पर्धी श्रीलंकाबाट १ सय २५ रनको लक्ष्य पाएको थियो ।
१ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले एक ओभर अर्थात ६ बल बाँकी रहँदा ८ विकेटको क्षतिमा सो लक्ष्य हासिल गरेको थियो।
बंगलादेशको जितमा टोहिद ह्ृदयले ४०, लिट्टन दासले ३६, मोहम्मुदुल्लाले १६ सकिव अल हुसैनले ८ नाज्मुन हुसैन सान्तोले ७ तान्जिद हसनले ३, र तान्जिम हसन सकिवले १ रनको योगदान गरे । सौम्य सरकार र टाक्सिन अहमद शून्य रनमा आउट भए ।
बंगलादेशलाई रोक्ने क्रममा श्रीलंकाका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेटले लिए ।
यस पहिले टेक्सासको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो।
श्रीलंकाका ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र एन्जिलो म्याथ्युजले १६ रन जोडे ।
कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए ।
श्रीलंका एक समय ८.४ ओभरमा ७० रनमा २ विकेट मात्र गुमाएको थियो । मुश्ताफिजुर रहमानले पाथुम निसांकालाई आउट गरेपछि श्रीलंकाले खुलेर खेल्न सकेन ।
श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका लेग स्पिनर रिसाद हसन र मुश्ताफिजुर रहमानले समान ३,तस्किन अहमदले २ र तान्जिम हसन सकिबले १ विकेट लिए ।
समूह डीमा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो।
दक्षिण अफ्रिका,नेदरल्याण्ड्स र बंगलादेशले १ खेल जितेका छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग ६ विकेटले गुमाएको थियो। नेपाल र श्रीलंकाबीच मंगलबार अमेरिकाको फ्लोरिडामा खेल हुनेछ।