Prakash Adhikari June 29, 2024

ब्रिजटाउन(बार्बाडोस,वेष्ट इण्डिज), १५ आषाढ(एजेन्सी) । आइसीसी टी २० विश्वकप २०२४ को फाइनल खेलमा भारतलाई तेस्रो झट्का लागेको छ ।

दक्षिण अफ्रिकाका कागिसो रावडाले सूर्यकुमारलाई ३ रन आउट गरेका हुन् । ऋषभ पन्त आउट भएपछि ब्याटिड. सम्हाल्न आएका सूर्यकुमार ४. ३ ओभरमा ३ रन जोडेको अवस्थामा आउट भएका हुन् ।

यस पहिले दक्षिण अफ्रिकाका केशव महाराजाले भारतको दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई शून्य रनमा आउट गरेका हुन् ।

उनै केशव महाराजाले भारतका कप्तान तथा ओपनर रोहित शर्मालाई ९ रन बनाएको अवस्थामा १.४ ओभरमा आउट गरेका थिए ।

अहिले ६.३ ओभरमा भारतले ३ विकेटको क्षतिमा ४७ रन जोडेको छ ।

Share Now