ब्रिजटाउन(बार्बाडोस,वेष्ट इण्डिज), १५ आषाढ(एजेन्सी) । आइसीसी टी २० विश्वकप २०२४ को फाइनल खेलमा दोस्रो ओभरभित्रै भारतलाई दोस्रो झट्का लागेको छ ।
दक्षिण अफ्रिकाका केशव महाराजाले भारतको दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई शून्य रनमा आउट गरेका हुन् ।
उनै केशव महाराजाले भारतका कप्तान तथा ओपनर रोहित शर्मालाई ९ रन बनाएको अवस्थामा १.४ ओभरमा आउट गरेका थिए ।
अहिले ३.३ ओभरमा भारतले २ विकेटको क्षतिमा २८ रन जोडेको छ ।