Prakash Adhikari July 23, 2024

 

माले(माल्दिभ्स्), ८ साउन । नेपाली महिला युवा टोली माल्दिभ्समा भैरहे्को काभा यु २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको‌ छ।

किर्गिजस्तानसँगको खेलमा नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो। किर्गिजस्तानले नेपाललाई २५-१४,२५-२२,२५-१३ ले हराउँदै फाइनल पुगेको छ।

अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंका पनि फाइनल पुगेको छ ।

आज फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने खेल तालिका छ।

तेस्रो स्थानकालागि मालदिभ्ससँग भिड्दै नेपाल

काभा यू २० महिला भलिबल च्याम्पियसिपअन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल आयोजक मालदिभ्ससँग भिड्दै छ।

खेल मालदिभ्सको मालेस्थित सोसल सेन्टरमा हुनेछ।

सोमबार भएको सेमिफाइनलमा किर्गिस्तानसँग सोझो सेटमा हारेपछि नेपाल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो।

सोमबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलंकासँग सोझो सेटमा हारेको मालदिभ्स तेस्रो स्थानका लागि नेपालसँग खेल्न लागेको हो।

राउन्ड रोविनमा नेपालले मालदिभ्सलाई सोझो सेटमै हराएको थियो।

नेपालको महिला टोलीले उमेर समूहमा पहिलोपटक काभामा प्रतिस्पर्धा गरेको हो।

आजै हुने फाइनल खेलमा श्रीलंका र किर्गिस्तान भिड्दै छन्।

 

Share Now