Prakash Adhikari August 2, 2024

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिएका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका दुई र नागरिक उन्मुक्ति पार्टीका एक जनालाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो।

यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

Share Now