Prakash Adhikari August 3, 2024

थिम्पु(भुटान), १९ साउन । भुटानको राजधानी थिप्पुमा भैरहेको काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको महिला जोडी विजेता बनेको‌ छ।

भुटानको थिम्पुमा शनिबार भएको च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानलाई २-० को सोझो सेटमा हराउँदै कमला पुन‌ र मनिषा चौधरीको‌ जोडी च्याम्पियन बनेको हो । नेपालले २१-१७ र २१-१४ को जितसहित इतिहास स्वर्ण पदक जितेको हो ।

नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा उपाधि जित्न सफल भएको हो । यसअघि नेपालले दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको नेपाली जोडी पनि पुरुषतर्फको फाइनल पुगिसकेको छ।

Share Now