Prakash Adhikari November 25, 2024

 

काठमाडौं, १० मंसिर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले काठमाण्डैस्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०-८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६ सय १० जना भन्दाबढी अभिकर्ताहरुलाई सम्मानित गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कम्पनीका विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीद्धारा पानसमा दीप प्रज्वलन गरी आरम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोड र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतज्यूले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको तक्मा,प्रमाणपत्र र खादाबाट सम्मान गर्नुभएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरमा सम्मान कार्यक्रम लैजाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरु सम्मानित भईसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनु भयो । उहाँले अन्य प्रदेशहरुमा पनि यस कार्यक्रमलाई लैजाने बताउनुभयो ।

उहाँले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरुले सबैभन्दाबढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी चेयरपर्सन क्लबमा पुराउने उदेश्यले सिइओ क्लबको धारणा ल्याइएको बताउनुभयो । उहाँका अनुसार नेपालभरबाट २००० जना भन्दाबदी अभिकर्ताहरु यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको छ ।

समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले सिइओ क्लबमा प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो ।

 

Share Now