Prakash Adhikari March 16, 2025

कम्पाला(युगाण्डा), ३ चैत्र । अफ्रिकी राष्ट्र युगाण्डामा जारी वुमेन्स डे टी २० आई क्वाडएंगुलर सिरिजको तेस्रो स्थानका लागि आज नेपाली महिला राष्ट्रिय टोली र हङकङसंग भिड्दै छ ।

दुईबीचको खेल युगाण्डामा नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुदैछ । लिग चरणको खेलमा तेस्रोमा रहेको हङकङ र नेपाल चौथो स्थानमा रहेको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङलाई पराजित गरेको थियो । हङकङ भने नेपाल, नामिबिया र युगाण्डासँग समान १ पटक विजयी र पराजित भएको थियो ।

लिग चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हासिल गरेको थियो । लिग चरणमा नै भएको पहिलो भेटमा भने हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।

नेपाली महिला र हङकङ महिला टोलीबीचको पछिल्ला ५ खेलमा नेपालले ३ जित निकाल्दा हङकङ २ खेलमा सफल भएको छ ।

सिरिजको उपाधिका लागि आजै आयोजक युगाण्डा र नामिबियाबीच खेल हुदैछ ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीमा रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट रहेका छन् ।

Share Now