Prakash Adhikari July 28, 2018

गैडाकोट, (नवलपरासीपूर्व)। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ लम्किरहेको र नेपाली कांग्रेस त्यसलाई रोकेर कानूनी राजको मार्गमा ल्याउन प्रयासरत रहेका बताउनुभएको छ ।

कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन(डीएलए)को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

‘कम्युनिष्टहरु स्वभावले नै प्रजातान्त्रिक हुन सक्दैनन’, कांग्रेस सभापति देउवाले भन्नुभयो ‘कम्युनिष्टहरुको सरकार अधिनायकवादतिर जान खोज्छ, प्रयास गरिरहेको छ र ‘हामी त्यसलाई संविधान र कानुनमा टेकेर रोक्ने प्रयास गर्दैछौं ।’

उहाँले सरकारका एकपछि अर्का अलोकतान्त्रिक कदम र निर्णयले आन्दोलन गर्नुपरेको बताउनुभयो । ‘मैले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेरै भनेको छुु’, कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘कन्र्फन्टेसनमा जाने हो कि मिलेर जाने हो रोजाई तपाईको हो भनेर’

उहाँले गतबर्ष भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेसभित्रको अन्र्तघातका कारण पार्टी पराजित भएको दावी गर्नुभयो । ‘कम्युनिष्टहरु दुई पार्टी एक भए, हामी चभने दुई पार्टी झै भयौं’ देउवाले भन्नुभयो, ‘अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं । हचुवाको भरमा भनेको हैन, तथ्याङकले त्यही वताउँछ ।’

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शासनमा रातो झण्डा ओढेपछि सवै खत माफ गर्ने खतरनाक प्रवृतिले बढवा पाएको बताउदै प्रशासन, न्यायालय जताततै पार्टीको प्रभाव बढाउन थालिएको आरोप लगानु भयो ।

 

उहाँले संविधानमा स्पष्ट रुपमा प्रतिनीधिसभा र प्रदेशसभाका सभामुख र उपसभामुख एउटै पार्टीको नहुने किटानी व्यवस्था लाई अपव्यख्या गर्न खोजिएको बताउदै भन्नुभयो, ‘सभामुख उपसभामुख दुवैले पार्टीबाट राजीनामा दिइसकेको हो भने नेपालको राजनीतिक दल सम्बन्धी कानुनले उहाँहरुलाई प्रतिनिििधसभा सदस्य बन्न दिदैन। सभामुख उपसभामुख पार्टीका होइनन भने उहाँहरु सांसद पनि होइन। राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था अनुसार जुन पार्टीबाट चुनाव जित्छ त्यो पार्टी छोडेसंगै सांसद पद पनि जाने व्यवस्था छ। त्यसोभएको हुनले उहाँले कि सभामुख उपसभामुख मध्ये एक जना छोड्नुपर्‍यो, होइन पार्टी छोडेको हो भने चाँही सांसदबाट हट्न पर्‍यो ।’

कांग्रेसका बरिष्ठ नेता पौडेलले सरकारले प्रधानन्यायधीशको संसदीय सुनुवाई शंकास्पद ढंगले रोकेको आरोप पनि लगाउनुभयो ।

उहाँले सरकार संघीयता र लोकतन्त्रको मर्म विपरीत मुलुकलाई केन्द्रीकरण गर्दै प्रधानमन्त्रीको हातमा शक्ति एकीकृत गर्न लागेको आरोप पनि लगाउनुभयो ।’एक जना मान्छेको हातमा सिंगो मुलुकको शक्ती पुग्नु भनेको लोकतन्त्रका लागि खतरा हो’, पौडेलले भन्नुभयो,’यो भनेको मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउने खेल हो ।’

उहाँले नेपालले लोकतान्त्रिक राजनीतिको बेलायती मोडेलको अनुशरण गर्दै शिक्षा र स्वास्थ्य सेवा क्षेत्र राज्यको जिम्मेवारीमा रहनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले बेथिती, बिसंगति बढाउन थालेपछि सत्तामा मनपरि गर्न थालेपछि आन्दोलनको सुरुवात गरेको बताउनुभयो ।

उहाँले कम्युनिष्टसँग लड्नका लागि काँग्रेस आफै सुधारिनु जरुरी भएको बताउदै संविधानमा नेपाली काँग्रेसको सिद्धान्त अनुरुप संसदीय व्यवस्था र प्रजातान्त्रिक समाजवाद राखिएको दावी गर्नुभयो ।उहाँले पार्टीको सिद्धान्त जितेको र संगठन हारेको अवस्थामा कमजोरीको समीक्षा गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले पार्टीमा धेरै विकृति र विसंगतिहरु देखा परेको बताउदै वीपी कोइरालाले भने जस्तै पार्टीलाई सुकिला मुकिलाहरुले घेर्न थालेको उल्लेख गर्नुभयो ।

उहाँलेराजनीतिमा पैसा हावी भएकोमा पनि चिन्ता व्यक्त गर्नुभयो ।

Share Now

Leave a comment.