Prakash Adhikari January 3, 2026

 

काठमाडौं, १९ पौष । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु २५ लाख सहयोग उपलब्ध गराएको छ ।

उक्त सहयोग रकम कोषमा जम्मा गरी सोको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले पौष १७ गते विहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री श्री रामेश्वर खनालज्यूलाई गराउनु भयो ।

कोषमा पुर्याउनु भएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले मेटलाइफ नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त कोषमा हालसम्म १२ करोड ३३ लाख ६५ हजार जम्मा भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

Share Now