काठमाडौँ, १६ बैशाख । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गर्नुभएको छ ।
आङदेम्बेले बुधबार शाहलाई उपनेता मनोनीत गर्नुभएको हो । शाह कपिलवस्तु–३ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
उहाँले संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गर्नुभएको छ ।
‘धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२ं)बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गर्नु भएको छ,’ नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


















