Prakash Adhikari April 29, 2026

कीर्तिपुर(काठमाडौं), १६ बैशाख । आईसीसी विश्वकप लिग २ छनोट प्रतियोगिता अन्तरगत नेपालमा भईरहेको नेपाल,युएई र ओमानको त्रिदेशीय श्रृखला अन्तरगत आज भएको खेलमा ओमानले नेपालसमक्ष ३ सय ६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिड. रोजेको ओमानले आज विष्फोटक ब्याटिड.गर्यो ।

ओमानका क्याप्टेन जितेन्दरले १ सय ३० रन बनाए । खेलमा जितेन रमादानीले ४३,आर्यान विष्टले ३४, हमद मिर्जाले ३०, आशिष ओडेदारा र विनायक शुक्लाले २३।२३, वाशिम अलीले १२, नदिम खानले ६, सिद्धार्थ बुकापतनमले १ रनको योगफल तयार गरे ।

ओमानलाई ठुलो योगफल बनाउनबाट रोक्न आज नेपाललाई धेरै कठिन भयो । नेपालले पहिलो विकेट १४.२ ओभरमा लियो, यतिबेला ओमानले ८० रन बनाएको थियो । दोस्रो विकेट १५.५ ओभरमा लियो । यतिखेर ओमानले ८३ रन जोडेको थियो । नेपालले तेस्रो विकेत २९.४ ओभरमा लियो, यतिखेर ओमानले १ सय ६४ रन बटुलेको थियो । नेपालले ३४.६ ओभरमा चौथो विकेट लिंदा ओमानले १ सय ९२रनको योगफल बनाइसकेको थियो । नेपालले ४२.१ ओभरमा पाचौ विकेट झारेको थियो, यतिबेला ओमानले २ सय ४४ रन बनाएको थियो । नेपालले त्यसपछि भने लगातार विकेट झार्यो । नेपालले छैठौ विकेट ४७।४ ओभरमा लियो, जतिबेला ओमानले २ सय ८७ रन बनाएको थियो । नेपालले ४९.१ ओभरमा सातौ विकेट लियो, यतिखेर ओमानले २ सय ९६ रन बनाएको थियो । नेपालले ४९.२ ओभरमा आठौं विकेट झारेको थियो ।

आज नेपालका सोमपाल कामीले नेपालको इज्जत जोगाए । उनले ४ विकेट लिए । सन्दीप र दीपेन्द्रसिंह ऐरीले समान २ । २ विकेट लिए ।

Share Now