Prakash Adhikari May 1, 2026

काठमाडौं, १८ बैशाख। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत नेपालमा भईरहेको खेलमा आज नेपाल र युएई भिड्दै छन् ।

श्रृखलामा दुवै देशबीचको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको थियो ।

पहिलो खेलमा ३७ रनको फराकिलो जित निकालेको नेपाल यस खेलमा पनि सोही लयलाई दोहोर्‍याउने प्रयास गर्ने देखिएको छ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुनेछ।

पछिल्ला पाँच भेटमा नेपालले तीन खेल जितेको छ। बाँकीका दुई खेलमा भने युएईले जितेको छ। यद्यपि, हेड टु हेडमा पनि नेपाल अगाडि छ। नेपालले १० खेल जित्दा युएईले ७ खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको छ।

नेपाल र युएई दुवै लिग २ को अंक तालिकामा पुछारमा छन्। नेपाल २२ खेलबाट १४ अंक बटुल्दै सातौं स्थानमा छ।

समान खेल खेलेको युएई १२ अंकसहित आठौं स्थानमा छ।

Share Now