Prakash Adhikari May 7, 2026

काठमाडौं,२४ बैशाख। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ र कार्य समितिका पदाधिकारी तथा सदस्यहरुद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न भएको छ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराउनुभयो ।

आज महासंघका नवनिर्वाचित कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूले सपथ ग्रहण गरेलगत्तै सबै पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको हो।

Share Now