Prakash Adhikari July 25, 2026

काठमाडौं, ८ चैत्र । नेपाल कम्युनिष्ट पार्टीका सयोजक प्रचण्डले आन्दोलन गरेर सरकार एकै दिनमा ढाल्न सकिने बताउनुभएको छ ।

उहाँले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकै दिनमा सत्ता उल्ट्याउन सकिन्छ भन्ने कुरा आफूहरुलाई सिकाउने काम भएको भन्दै त्यसका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिनुभयो।

“देशभरीबाट ५र७ लाख जनता काठमाडौंमा र एक डेढ लाख सदरमुकाममा उतार्यो भने एकै दिनमा उल्ट्याउन सकिदैन त? उहाँले जेन जीलाई उठाएर एकै दिनमा जनताको बलिदानले ल्याएको राजनीतिक व्यवस्था र संविधानलाई मुच्र्छित बनाइएको घट्नाको स्मरण गर्दै भन्नुभयो ।

“यतातिर किन नसोच्ने तरु नभए बर्वाद हुनसक्छ”, उहाँले भन्नुभयो, “अहिले भर्खरै पार्टी एकता हुने स्थिति छैन। त्यता झमेलामा नलागौं। पहिलाको समीक्षा नगरेर हतारमा गरेर फुर्सदमा पछुताउनु हुँदैन ।”

प्रचण्डले आफूहरु सत्ताको खेलमा लाग्दा अरु दलले आफ्नाविरुद्ध घेराबन्दी गरेको बताउनुभयो। “के गरी भ्रमित गर्न सकिन्छ भनेर ठूल ठूला रणनीतिक योजना उनीहरुले बनाए छन्। बैरीहरु लागेका छन् भन्ने त थाहा पाइन्थ्यो। तर यही स्तरमा एकैदिनमा नेपाललाई नै विध्वंस पार्ने गरी लागेको थाहा पाइएन”, उहाँले भन्नुभयो।

प्रचण्डले नयाँ पुस्तालाई स्कुलिङ गर्न नसक्दा ‘अफिम’ खुवाइएको भन्दै आफूहरुले पनि अफिम युद्ध चलाउनुपर्ने बताउनुभयो। “सोसल मिडियाको अफिम युद्धबाट दुरुस्त पार्न सकियो भने बलिदानी गर्ने आँट नेपाली जनताले गर्छन्”, उहाँले भन्नुभयो।

उहाँले अहिलेको सरकारले सुकुम्बासीदेखि कर्मचारीका ट्रेड युनियन लगायत धेरैतिर प्रहार गरेको बताउनुभयो। “पहिलो काम हजारों सुकुम्बासीलाई बिचल्ली पार्नु देखियो”, उहाँले भन्नुभयो, “मधेशमा पनि प्रहार भएको छ। ट्रेड युनियनमाथि पनि प्रहार भएको छ।”

Share Now