काठमाडौं, २० साउनः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ४ हजार २ सयले वृद्धि भई २ लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु २ लाख ८३ हजार ८ सय थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु ४ हजार ४ सय ७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु ४ हजार ३ सय ८० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार १ सय २७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।
–––








