Prakash Adhikari August 10, 2026

काठमाडौं, २५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहसंग भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गर्नुभएको छ।

भेटवार्ता प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको थियो । उहाँले दूतावासका अन्य प्रतिनिधिहरुसहित भेट गर्नुभएको थियो । भेटघाट करिब ४५ मिनेट चलेको बताइएको छ ।

भेटमा  द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो।

आजै प्रधानमन्त्री शाहसंग उत्तरतर्फको मित्रराष्ट्र चिनका राजदूतले भेटने कार्यक्रम तय गरिएको छ । भेट दिउँसो ३ बजेका लागि निर्धारित गरिएको छ ।

यसअघि प्रधानमन्त्री शाहले सबै देशका राजदूतहरुसँग सामुहिक भेट गर्नुभएको थियो ।

Share Now