Prakash Adhikari August 11, 2026

काठमाडौँ,२६ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला यही साउन २९ गते राजधानीमा आयोजना हुने पार्टीको विशेष भेलामा सहभागी हुनुहुने भएको छ ।

नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले यसको जानकारी दिनुभएको हो । उहाँले ह्वाट्सएपमार्फत दिनुभएको जानकारी अनुसार
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला २०८३ श्रावण २९ गते आयोजना गरिएको भेलाको उदघाटन समारोहमा सहभागी हुनुहुनेछ ।त्यो कुनै पार्टी विभाजन गर्ने भेला नभएकाले उक्त भेलामा सहभागी भएर डा कोइरालाले पार्टी एकताकै लागि आव्हान गर्नुहुनेछ ।

यसैबीच आज बिहान कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र नेता डा कोइरालाबिच भेटवार्ता भएको छ।

डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो।

मंगलबार बिहान पौने १० बजे सुरु भएको भेटघाट सवा १० बजेसम्म चलेको डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभएको छ।

उहाँका अनुसार पार्टीभित्र पछिल्लो समय देखिएका सांगठनिक र नीतिगत विवादहरूलाई कसरी सुल्झाउने भन्ने विषयमा दुई नेताबिच छलफल भए पनि कुनै सहमति भने भएको छैन । दुवै नेताहरु आ–आफ्ना कुरा राख्नुभयो तर सहमति बन्न सकेन ।

नेपाली कांग्रेसभित्र वैधानिकता र नेतृत्वको विषयलाई लिएर कानुनी र राजनीतिक बहस भइरहेका बेला सभापति थापा र नेता डा. कोइरालाबिच भेट भएको हो ।

भेटमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयास स्वरूप वार्ता भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको हो ।

Share Now