Prakash Adhikari August 13, 2026

काठमाडौँ, २८ साउन। प्रहरीले ललितपुरको सानेपा चारढुंगास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ ।

बिहीबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो ।

बुधबार साँझ प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई उहाँकै निवासबाट पक्राउ गरेको थियो।

अनुसन्धानको सिलसिलामा कार्यालयमा रीतपूर्वक खानतलासी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

दीपिका सिंहले दिनुभएको जाहेरीका आधारमा उहाँलाई पक्राउ गरिएको थियो । प्रहरीले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । वैयक्तिक गोपनीयताको कसुरमा प्रयोग गरिएका कम्प्युटर लगायतका सामाग्री नियन्त्रणमा लिइएको एसपी थापाले बताउनुभएको छ।

साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गर्नुभएको थियो ।

Share Now