Prakash Adhikari August 27, 2026

काठमाडौं, ११ भाद्र । हिमालयन बुलियन कम्पनीले यही भाद्र १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावितको सहयोगको लागि प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा २१ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले सो बाढीमा परेकाहरुको खोजी,उद्धार, उपचार, राहत र पुनस्थापनाका कार्यमा सो सहयोग उपयोग हुने विश्वास व्यक्त गरेको छ ।

कम्पनीले सो अकल्पनीय बाढीका परेर जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ताहरुको शीघ्र सकुशल उद्धार, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

कम्पनीले सरकारी अग्रसरतामा सुरु भएको खोजी, उद्धार, राहत र पुनस्र्थापनाको काम प्रभावकारी हुने विश्वास लिएको छ ।

हिमालयन बुलियन कम्पनी नेपालमा उच्च गुणस्तरको चाँदीको कारोबार गर्ने कम्पनी हो ।

Share Now