Prakash Adhikari October 13, 2018

 

बेइजिड.(चीन), २७ असोज(बीबीसी) । चीनका वैज्ञानिकहरूले भनेका छन् उनीहरूले दुईवटा पोथी मुसाबाट आनुवंशिक पद्धति प्रयोग गरि स्वस्थ बच्चा मुसा जन्माउन गर्न सफल भएका छन्।

चीनको विज्ञान प्रज्ञा प्रतिष्ठानले भनेको छ ती बच्चा मुसाका दुई आमा छन् भने कोही बुवा छैनन्।

विशेष प्रविधि

ती अनुसन्धानकर्ताहरूले एक मुसाको डिम्ब तथा अर्को पोथी मुसाकै विशेष स्टेम कोष प्रयोग गरेका थिए।

त्यसपछि उनीहरूले अनुवंश सम्पादनको विशेष प्रविधि प्रयोग गरेका थिए।

वैज्ञानिकहरूका अनुसार त्यसरी जन्मिएका बच्चा मुसा स्वस्थ थिए र पछि गएर तिनीहरूले पनि आफ्नै बच्चा जन्माए।

तर दुई भाले मुसाबाट त्यस्तै प्रविधि प्रयोग गरेर बच्चा जन्माउने कोसिस भने विफल भएको छ।

खासगरि मानव सहित स्तनधारी प्राणीहरूमा बच्चाको जन्म हुन आमापट्टिबाट डिम्ब तथा बाबुपट्टिबाट शुक्रकीटको आवश्यकता पर्छ। तर बाँकी अन्य प्राणीहरूमा यो नियम लागु हुँदैन।

कतिपय माछा तथा घस्रने जीवहरूमा एकै बाट पनि प्रजनन हुने गर्छ।

भविष्यमा मानिसमा पनि?

कतिपय विज्ञहरूले यो सफलताले भविष्यमा मानिसहरूमा पनि काम गर्न सक्ने देखाएको बताएका छन्।

तर बीबीसीका स्वास्थ्य सम्वाददाता भन्छन् यस्तो प्रक्रिया मानिसमा अपनाउनुभन्दा पहिले कैयौँ वैज्ञानिक, सुरक्षात्मक तथा नैतिक प्रश्नहरूको जवाफ दिनुपर्नेछ।

Share Now

Leave a comment.