काठमाडौं, १७ भाद्र । नेपालको लामटाड. हिमश्रृखलाको लिरुड. क्षेत्रमा हिमनदीको अग्रभागमा चट्टानसहितको पहिरो गएर तल्लो भागमा बन्न गएको ताल सुकेको छ ।
यो तालमा जम्मा भएको पानी पिधँसम्मै सुकेकोले अब त्यहाँको पानी जाने ल्हेन्दे खोला,भोटेकोशी र त्रिशूली नदीमा थप बाढी आउने त्रास समाप्त भएको छ । हिमनदी र हिमालबाट हिउँ पग्लेर नियमित आउने पानीले ठूलो बाढी आउदैन । तालमा पानी जम्ने अवस्था छैन ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)ले दिएको जानकारी अनुसार चीन-नेपाल सीमामा रहेको बन्दरगाहमा द्रुत गतिमा आएको पहिरोबाट बनेको दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको ग्यारोङ बन्दरगाह माथिको अवरोध ताल पूर्ण रूपमा सुकेको छ । स्थानीय अधिकारीहरूले जोखिम नियन्त्रणमा रहेको मंगलबार बताएका छन्।








