Prakash Adhikari November 5, 2026

काठमाडौं, १९ कार्तिक । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य बढेको छ। यस दिन सुन प्रतितोला १३ हजार ३०० रुपैयाँ र चाँदी तोलामा २ सय ६५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कारोबार भएको थियो।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला ३ हजार ९ सय २० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ किनबेच भएको थियो।

Share Now