Prakash Adhikari January 6, 2019

ढाका(बंगलादेश),२२ पुस । बंगलादेश प्रिमियर लिग अन्तर्गत आफू आबद्ध सेलहिट सिक्सर्सको पहिलो खेलमा सन्दिप लामिछानेले दुई विकेट लिएर नेपालको नाम बंगलादेशको क्रिकेटमा पनि चम्काएका छन् तर क्यामिल्ला भिक्टोयिरासंगको पहिलो भेटमा सिक्सर्स ४ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिड.को निम्तो पाएको सिलहेट सिक्सर्सले दिएको १२८ रन को लक्ष्य क्यामिल्ला भिक्टोरियन्सले ६ विकेटको क्षतिमा एक बल बाँकी रहदा १३० रन जोडेर पूरा गर्यो ।

अष्टेलियाको बिग ब्यास लिग बीचमै छोडेर बंगलादेश प्रिमियर लिग खेल्न ढाका पुगेका सन्दिपलाई सिलहेट सिक्सर्सले पहिलो खेलमा डेब्यु गराएको थियो। शेरेबंगला रंगशाला मिरपुर ढाकामा भएको खेलमा आफ्नो टीममा चर्चित दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिर हुँदा हुँदै सिक्सर्सले सन्दीपलाई मौका दिएको थियो ।

https://youtu.be/9OUF__OlfVw

खेलमा ४ ओभर बलिङ्ग गरेका सन्दिपले ४ ओभरमा मात्र १६ रन खर्चिए २ विकेट लिंदै चर्चित पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक र बंगलादेशी रास्ट्रिय क्रिकेटर अनामुल हकलाई मैदानबाहिर पठाए ।

दोश्रो इनिंगको आठौँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ्ग गरेका सन्दिपले ५ रन खर्चिए। उक्त ओभरमा क्रिजमा कप्तान स्टिभ स्मिथ र तामिम इकबाल थिए। स्मिथले ३ र इकबालले २ रन बनाए।

लगातार स्पेलमा बलिङ्ग गर्न आएका सन्दिपले आफ्नो दोस्रो ओभरमा मात्र ३ रन खर्चिए। शोयब मलिकले २ रन तथा इकबालले १ रन बनाए।

१३ औं ओभरमा आफ्नो तेश्रो ओभर गर्न आएका सन्दीपले ओभरको छैठौं बलमा चर्चित पाकिस्तानी क्रिकेटर शोयब मलिकको विकेट लिए। सन्दीपले गरेको सर्ट बलमा डिप(मिड विकेटमा पुल गरेका मलिक क्याच आउट भए।

१५ औं ओभरमा बलिङ्ग गर्न आएका सन्दीपले ओभरको दोश्रो बलमा बंगलादेश राष्ट्रिय क्रिकेटर अनामुल हकलाई बोल्ड गरे। विकेटपछिको लगातार ४ बलमा सन्दिपले शहिद अफ्रिदीलाई कुनै पनि रन दिएनन्।

फलस्वरूप सन्दिपले ४ ओभर गर्दा मात्र १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले कुनै पनि चौका र छक्का दिएनन् भने ९ वटा डट बल फाले।

सन्दिपले बिग ब्यास लिगमा पनि पहिलो खेलमा सिड्नी थन्डर्ससंग पहिलो खेलमै २ विकेट लिएका थिए भने ४ खेलमा ८ विकेट लिएका थिए।

बंगलादेश प्रिमियर लिगमा सिलहेट सिक्सर्सलेजनवरी ६ माकोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ मा चिट्टागोंग भाईकिङ्गस , जनवरी १२ मा ढाका डाइनामाइट्स , जनवरी १५मा कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६मा रंगपुर राइडर्स, जनवरी १८ मा ढाका डाइनामाइट्स , जनवरी १९ मा रंगपुर राइडर्स , जनवरी २३ मा खुल्ना टाईटन्स, जनवरी २५ मा राजशाही किंग्स , जनवरी २६ मा खुल्ना टाईटन्स , जनवरी ३० मा राजशाही किंग्स , फेव्रुअरी १ मा चिट्टागोंग भाइकिङ्गससंग खेल्दैछ ।

बंगलादेश क्रिकेट बोर्डको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भाईकिङ्ग्स गरी ७ वटा टिम सहभागी छन्।

लिग फेब्रुअरी ८ सम्म चल्नेछ।

Share Now

Leave a comment.