काठमाडौं, २३ पुस । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले सोमबार बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो ।नेपालबाटै अष्ट्रेलिया लगिएका निजी चालकसँगै पैसा लिएर उनकी श्रीमती र अन्य नेपालीलाई लैजाने विषयमा विवाद चुलिएपछि उनीविरुद्ध परराष्ट््रमा उजुरी परेको थियो ।
त्यसमा छानवीन गर्ने क्रममा राजदूतलाई नेपाल झिकाइएको थियो । उनका सवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई हटाएर गणेश अधिकारीलाई नियुक्त गरेको छ ।


















