वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २६ पुस । अमेरिका स्थित मेरिल्याण्ड राज्यको विधायिका (हाउस अफ डेलिगेट्स( निर्वाचित नेपाली मूलका ह्यारी भण्डारी हिन्दुहरूको पवित्र ग्रन्थ वेद लिएर संसद भवन प्रवेश गर्नुभएको छ ।
बुधवार दिउसो सबै सभासदहरु जस्तै समूहमा शपथ लिएपछि सभामुखबाट प्रदान गरिने सभासदको प्रमाण पत्र लिन जाँदा उहाँको हातमा हिन्दुहरूको पवित्र ग्रन्थ वेद थियो ।
अमेरिकन डेमोक्रेटिक पार्टीका मेरिल्याण्ड केन्द्रीय सदस्य समेत रहनुभएका भण्डारी गत नोभेम्बरमा मेरिल्याण्ड राज्य स्थित डिष्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्स निर्वाचित भएका हुनुभएको थियो।
निर्वाचित भएर अमेरिकाको संसदमा प्रवेश गर्ने पहिलो नेपाली मूलका पहिलो अमेरिकी नागरिक भण्डारी बन्नुभएको छ ।


















