काठमाडौं, २६ पुस। अर्थमन्त्रालयले नेपाल बैंक लिमिटेडको सञ्चालक समितिले बासुदेव अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष अधिकारीले बिहिबारै राष्ट्र बैंकका गभर्नर डा.चीरंजीवि नेपालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
अधिकारीलाई बैंकको सञ्चालक समितिले बुधबार अध्यक्ष चयन गरेको हो।
अधिकारीलाई अर्थ मन्त्रालयले बैंकको सञ्चालकमा नियुक्त गरेको हो । उहाँ केही महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको सेवावाट निवृत हुनुभएको हो ।
राष्ट बैंकमा सेवारत रहदा बैंक तथा वित्तीय संस्था नियमन विभाग , विदेशी विनिमय विभाग र आन्तरिक लेखा परीक्षण र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको नेतृत्व गर्नुभएका अधिकारीसंग नियामकीय अनुभव रहेको छ ।
वर्तमान अध्यक्ष जनार्द्धन आचार्यको कार्याकाल सकिएपछि अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट नेपाल बैंक सञ्चालक समितिमा पठाइएको हो।


















