Prakash Adhikari January 13, 2019

 

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ प्रतिपक्षको सहमतिमा मात्रै संसदबाट पारित गराउन सरकारलाई आग्रह गर्नुभएको छ।

आइतबार संघीय संसदको प्रतिनिधिसभामा बोल्दै उहाँले बहुमतको आडमा सो विधेयक सत्तापक्षले पारित गराए आफ्नो पार्टी संसद बैठक अवरोध गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

संघीय संसद अन्तरगतको प्रतिनिधिसभामा आइतबार सो विधेयक पेश गरिएको छ। सो विधेयकप्रति असहमति जनाउँदै वरिष्ठ चिकित्सक गोविन्द केसीले इलाममा पुगेर आमरण अनशन सुरू गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति अनुरुप विधेयकमा संशोधन हुनुपर्ने अडान कायमै राखेको छ।

कांग्रेस नेता बडूले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बिग्रदै गएकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँसँग भएको सहमति अनुसार सो विधेयक पारित गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले सो विधेयक बहुमतको आडमा पारित गराए संसद बैठक अवरूद्ध पार्ने चेतावनी दिनुभएको छ।

कांग्रेस सांसदहरूले असहमति जनाउदा जनाउदै वरिष्ठ चिकित्सक केसीसँग भएको सहमतिविपरीत सो विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतले पारित गरी संघीय संसदको प्रतिनिधिसभामा पेश गरिएको हो।

Share Now

Leave a comment.