Prakash Adhikari April 29, 2019

नयाँदिल्ली(भारत) । भारतको चर्चित घरेलु लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करण अन्तरगतको आईतबार सम्पन्न ४६ औं खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १६ रनले पराजित गरेको छ।

टीमले जिते पनि सन्दीप भने आईपीएलको यस संस्करणको अहिलेसम्म खेलेका खेलमा पहिलोपटक विकेट विहिन बनेका छन् ।

जितसंगै दिल्ली आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। १२ खेल खेल्दा दिल्लीको ८ जित र ४ हार रहेको छ। समान खेलमा समान जितरहार भए पनि दिल्ली नेट रन रेटमा चेन्नाई भन्दा अघि रहेको छ। हार पछि बैंगलोर ४ जित र ८ हार बेहोर्दै ८ अंकका साथ पुछारमा रहेको छ।

Indian Premier League

TEAM M W L PT NRR
DC 12 8 4 16 0.233
CSK 12 8 4 16 -0.113
MI 12 7 5 14 0.347
SRH 11 5 6 10 0.559
KKR 12 5 7 10 0.1
KXIP 11 5 6 10 -0.117
RR 12 5 7 10 -0.321
RCB 12 4 8 8 -0.694

दिल्लीको घरेलु मैदान फिरोजशाह कोटलामा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनाउन सक्यो।

बैंगलोरको लागि पार्थिभ पटेलले सर्वाधिक ३९ रन प्रहार गरे। यस्तै गुरकिरत सिंह मानले २७ तथा मार्कस स्टोइनिसले अविजित ३२ बनाए।

अन्तिम ३ ओभरमा बैंगलोरलाई जित्न ३६ रन आवस्यक रहेको बेला १८ औं ओभरमा कागीसो रबाडाले ६ रन, १९ औं ओभरमा इशान्त शर्माले मात्र ४ रन र अन्तिम ओभरमा रबाडाले ९ रन मात्रै खर्चिए पछि दिल्लीले जित हाँसिल गरेको थियो।

बंगलोरलाई रोक्न रबाडा र अमित मिश्राले २ ।२ तथा इशान्त शर्मा, अक्षर पटेल र शेरफेन रुथरफोर्डले १ । १ विकेट लिए। सन्दिप लामिछाने विकेटविहिन रहे।

शिखर-श्रेयस चम्के

टस जितेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार गरेको थियो।

ओपनर शिखर धवन र तेश्रो नम्बरमा ब्याटिंग गरेका कप्तान श्रेयस ऐयरले दिल्लीको ब्याटिंगमा अर्धशतकीय योगदान दिए।

पहिलो विकेटको रुपमा प्रिथ्भी शा १८ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि धवन र ऐयरले ६८ रनको साझेदारी गरे। धवनले ३७ बलमा ५ चौका र २ छक्का तथा ऐयरले ३७ बलमै २ चौका र ३ छक्का प्रहार गरे।

धवन र ऐरको विकेटपछि इनिंगको अन्तिममा शेरफेन रुथरफोर्ड र अक्षर पटेलले आक्रामक इनिंग खेलेका थिए। रुथरफोर्डले अविजित २८ रन तथा पटेलले १६ रन बनाए।

दिल्लीलाई रोक्न बैंगलोर बलर युज्भेंद्र चाहलले २ विकेट लिए भने उमेश यादब वासिंगटन सुन्दर, नभ्दिप सैनीले १ ।१ विकेट लिए।

Share Now

Leave a comment.