कुवेत सिटी(कुवेत), २० भाद्र । फिफा विश्वकपको एशियाली छनौट अन्तरगतको दोस्रो चरण अन्तरगत कुवेतमा शुक्रबार बिहान सम्पन्न खेलमा नेपाली टीमलाई कुवेतले ७-० को विशाल अन्तरले पराजित गरेको छ ।
कुवेतका तर्फबाट नासेरले ६ मिनेटमा,अल हजारीले १३ औं मिनेटमा,नासेरले पुन ५० औं मिनेटमा, अल मुटौरीले ५९ मिनेटमा,मोतावाले ६७ मिनेटमा,अबुजाबराहले इन्जुरीको थपिएको चौथो मिनेटमा र अल मोसावीले इन्जुरीको थपिएको ७ औ मिनेटमा नेपाल विरुद्ध गोल गरेका थिए ।

नेपालका फुटबल खेलप्रेमीहरुले यो हारलाई विगत ८ बर्षको इतिहासमा शर्मनाक पराजय भनेका छन । नेपालले सन २०१४ मा फिफा विश्वकप छनौट चरणमा अम्मानमा जोर्डनसंग ९-० ले पराजित भए यता यस्तो पराजय भोगेको थिएन ।
नेपालको दयनीय प्रदर्शनीले खेल हेर्न पुगेका नेपाली दर्शक र टेलिभिजनमा खेल हेरिरहेका लाखौ दर्शकलाई निराश तुल्याएको थियो ।
पहिलो हाफमा २ गोल खाएको नेपालले त्यसपछिको दोस्रो हाफमा ५ गोल खायो । खेल एकदमै एक पक्षीय भयो ।
नेपालले सेप्टेबर १० मा ताइबानविरुद्ध खेल्दैछ ।ताइवान पहिलो खेलमा जोर्डन विरुद्ध १-२ ले पराजित भएको थियो ।
नेपालको समूहमा अष्टेलिया,जोर्डन,कुवेत र ताइवान रहेका छन् ।


















