बासेटेर स्टेडियम(सेन्ट किट्स एण्ड नेभिस),ट्स,२६ भाद्र । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगमा आफ्नो टीमको दोस्रो खेलमा ३ विकेट लिन सफल भएका छन् ।
उनी आबद्ध बार्बाडोस ट्र्डिियन्ट र अघिल्लो सिजनमा उनी आबद्ध भएको सेन्ट किट्स एण्ड नेभिज प्याट््िरयोट्सबीच बिहिबार बिहान भएको खेलमा उनले ३ विकेट लिएका हुन ।
उनले खेलको १३ औं ओभरमा दुई विकेट लिए भने १५ औं ओभरमा एक विकेट । १३ औं ओभरको पहिलो बलमा उनले ब्रुकलाई आउट गरे भने छैठौ बलमा इभान्सलाई आउट गरे । यो ओभरमा उनले एक चौकासहित ६ रन बनाउन मौका दिए ।
उनले १५ औं ओभरको तेस्रो बलमा ब्रेथ ह्वाइटलाई आउट गर्दै तेस्रो विकेट लिए । बर्षाले केही समय रोकिएको यो ओभरमा उनले जम्मा दुई रन बनाउन दिए । यसरी ४ ओभरको खेलमा ३ विकेट लिंदै २२ रन बनाउन दिएर नेपाली क्रिकेट स्टार सन्दीपले आफ्नो टीमलाई बिजयी बनाउन महत्वपूर्ण योगदान दिए ।
पाँचौ ओभरमा पहिलो स्पेल गर्न आएका सन्दीपले सो ओभरमा १ चौका सहित ७ रन बनाउन दिए । ११ औं ओभरमा दोस्रो स्पेलको मौका पाएका उनले १ छक्कासहित ७ रन बनाउन दिएका थिए ।
खेलमा नेपाली खेलाडी सन्दीप प्लेयर अफ द म्याच चुनिए ।

आजको खेलमा बार्बाडोसले दिएको १ सय ८७ रनको लक्ष्य भेदन गर्न सेन्ट किट्सलाई कठिन भयो ।
St Kitts and Nevis Patriots: Carlos Brathwaite (capt.), Rayad Emrit, Usama Mir, Fabian Allen, Devon Thomas (wk), Evin Lewis, Laurie Evans, Jason Mohammed, Shamarh Brooks, Dominic Drakes, Alzarri Joseph
Barbados Tridents: Alex Hales, Johnson Charles, Leniko Boucher (wk), JP Duminy, Jonathan Carter, Jason Holder (capt.), Ashley Nurse, Roshon Primus, Hayden Walsh Jr., Josh Lalor, Sandeep Lamichhane
उसले निर्धारित २० ओभरको खेलमा पूरै ओभर खेल्दै १ सय ६८ रन मात्र बनाउन सक्यो । सेन्ट्स किट्सका लागि एलटी इभान्स ६४, डीसी डार्क ३४, एसएसजे ब्रुकले १३, इ लेविस,जेएम मोहम्मद,आरआर इम्रिटले १२।१२, एएस जोसेफले ७, उम्मा मीरल १ र डीसी थोमस तथा सीआर ब्रेथह्वाइटले एक एक रनको योगदान दिए ।
सेन्ट्स किट्सलाई रोक्न बार्बाडोसका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले ३,जो होल्डर र एचआर वाल्सले २।२, जेके लालोर र आरएस प्रिमसले १ । १ रनको योगदान दिए ।
यस अगाडि बार्बाडोसले ब्याटिड. गर्दै निर्धारित २० ओभरको खेलमा २ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । उसकालागि एलएस बाउचर ६२,जे चाल्र्स ५२,जेपी डुमिनी ४३ तथा एडी हल्सले १८ रनको योगदान दिएका थिए ।
बार्बाडोसलाई रोक्न सेन्ट् किट्सलाई निकै कठिन भयो । उसका लागि आरआर इम्रिट र उसमा मिरले एक एक विकेट लिए ।
हालसम्मको खेलको नतिजा र स्कोर यस्तो छ :
Caribbean Premier League
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| GAW | 3 | 3 | 0 | 6 | 1.263 |
| TKR | 3 | 3 | 0 | 6 | 0.886 |
| STKNP | 4 | 1 | 3 | 2 | -0.481 |
| BT | 2 | 1 | 1 | 2 | -0.725 |
| ZOUKS | 2 | 0 | 2 | 0 | -0.812 |
| JT | 2 | 0 | 2 | 0 | -0.95 |



















