Prakash Adhikari November 1, 2019

सानेपा(ललितपुर), १५ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर १४ गते हुने उपचुनावका लागि धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेस सभाका लागि उम्मेद्वार तोक्ने जिम्मेवारी भने केन्द्रीय समितिले पदाधिकारीहरुको बैठकबाट टुंग्याउने गरि अधिकार प्रत्यायोजन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकले मंसिर १४ गते सम्पन्न हुने उप–निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य, बाग्लुङ्ग निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ख, भक्तपुर निर्वाचन क्षेत्र नं। १ को प्रदेशसभा निर्वाचन क्षेत्र . क र दाङ्ग क्षेत्र नं. ३ को प्रदेशसभा क्षेत्र नं. २ का लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बैठकले तराइ–मधेश लगायत देशभरि नै विशेष उत्साहसाथ मनाइने छठ पर्वको उपलक्ष्यमा समस्त नेपाली नेपाली दिदीवहिनी दाजुभाइमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरको छ ।

नेपाली कांग्रेसले जिल्ला कार्यसमिति दैलेखका उपसभापति भुपेन्द्रजंग महत, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य खड्कबहादुर रामजाली, पद्मकन्या क्याम्पस पूर्व स्ववियु सदस्य सरिता वन, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका शाखा अधिकृत एवं पार्टीको १३ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधि सूर्यप्रसाद भट्टराईकी आमा जसोदा भट्टराई, धनुषा फुलगामाका क्रियाशील सदस्य सिंहेश्वर राउत, जनकपुर उपमहानगरपालिका वडा न. १ का पूर्वसभापति रामकुमार साह र नेपाल तरूण दल जुम्लाका निवर्तमान जिल्ला अध्यक्ष लक्ष्मण शाहीका कान्छा भाई सुरेन्द्रकुमार शाही, नेपाली कांग्रेस भक्तपुरका पूर्व जिल्ला सदस्य, पूर्व महाधिवेशन प्रतिनिधि र भक्तपुर नगरपालिकाको तत्कालिन वडा नंं १६ का निर्वाचित वडा अध्यक्ष ओमप्रकाश भुजु, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य श्री प्रभु बुढाथोकीका आमा मेघ कुमारी बुढाथोकी, नेपाल दलित संघ नुवाकोटका क्षेत्र नं. ३ का सभापति ज्ञानबहादुर सुनारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

Share Now

Leave a comment.