Prakash Adhikari November 10, 2019

काठमाडौं,२४ कार्तिक । यस बर्ष बैंक अफ द इयरको अवार्ड मेगा बैंकले प्राप्त गरको छ ।

नेपालका बैंक तथा वित्तीय संस्था मध्येबाट यस बर्ष मेगा बैंकलाई सो अवार्डका लागि चयन गरिएको हो ।

बेलायतको फानाइन्सियल टाइम्स समूहको द बैंकर पत्रिकाले सो पुरस्कार बर्षेनी प्रदान गर्ने गर्दछ ।

बेलायतको राजधानी लण्डनमा आयोजित एक कार्यक्रममा दी बैंकर्स म्यागजिनले मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

२०६७ सालमा स्थापना भएको मेगा बैंकको ९ बर्षको अवधिमा नेपालको वित्तिय क्षेत्रमा देशव्यापी रुपमा विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । हाल यसको चुक्ता पूँजी १० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको हाल निक्षेप ७९ अर्ब रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई ११ दशमलब ७५ प्रतिशत नगद लाभांश दिने घोषणा समेत गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५। ७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

हाल बैंकले १ सय २ शाखा, १९ एक्टेन्शन काउन्टर र १सय १९ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दैै आईरहेको छ ।

Share Now

Leave a comment.