Prakash Adhikari November 11, 2019

काठमाडौं,२४ कार्तिक । पूर्वमन्त्री तथा उद्योगपति डा. रुप ज्योतिले आइतबार काठमाडौं जिल्ला अदालतमा तिरिसकेको रकम नलिएर आफू र आफ्नो परिवारलाई बदनाम गराउन राज्य नै लागेको गम्भीर रहस्य खोल्नुभएको छ ।

बिहीबार सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनासाथ पक्राउमा पर्नुभएका डा.ज्योति र उहाँकी छोरी सुरुचिलाई प्रहरीले एअरपोर्टबाटै पक्राउ गरेको थियो ।
छोरी सुरुचिसहित डा. रुप ज्योतिलाई विगेन्द्रकृष्ण मल्ल नामक अर्का ब्यापारीले आफूलाई हाउजिड.को घर उपलब्ध गराउने संझौता गरी १ करोड २६ लाख रुपैया अग्रीम भुक्तानी लिएको तर शर्त बमोजिमको घर र रकम दुवै नदिएको भन्दै ठगी मुद्दामा गरेको जाहेरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।

सुरुमा अनुसन्धानको लागि भन्दै ३ दिन म्याद लिइएकोमा आइतबार थप म्यादको लागि अदालत लगिदा डा. ज्योतिले आफ्नो तर्फबाट आफैंले बहस गर्नुभएको थियो।
जिल्ला अदालतमा डा. ज्योतिले आफूले जाहेरी दर्ता हुनुभन्दा पहिला नै रकम तिरिसकेको यथार्थ बताउदै भन्नुभयो, मेरा विरुद्ध २०७५ साल मंसिर १६ गते बिगेन्द्रकृष्ण मल्लले १ करोड २६ लाख ठगेको जाहेरी दर्ता गर्नुभएको रहेछ तर त्यसपहिले नै अदालतमा मुद्दा परेपछि शम्भु फुँयालमार्फत मैलै १ करोड २६ लाख रुपैयाँ जम्मा गरेको छु । पक्राउको जाहेरी अगावै अदालतमा पैसा जम्मा भइसक्दा पनि पैसा नलिई मुद्दा हाल्नु र त्यसकै आधारमा हिरासतमा राख्ने घट्नाले आफू र आफ्नो परिवारको इज्जतमाथि खेलबाड गर्न खोजिएको पुष्टि हुन्छ ।

अदालतमा बयानका क्रममा डा.ज्योतिले जोहेरीवालाले उल्लेख गरेको कम्पनीमा आफू सञ्चालक पनि नभएको छोरी, छोरा र बहिनीविरुद्ध पनि किटानी जाहेरी दिएकोले परिवारलाई नै बदनाम गराउने उद्देश्यले अन्यायपूर्वक पक्राउ गरिएको बताउनुभयो । आफू सिंगापुरमा रहदा नै साथीहरुले तिमीलाई फसाउन खोजिदैछ नजाउ भनेर दिएको सुझाव सम्झदै अदालतमा डा. ज्योतिले भन्नुभयो, अदालतबाट न्याय पाउछु भन्ने विश्वासले म आए श्रीमान् । छोरी अमेरिकामा थिईन् । मैले नेपालमा नै केही गर्नुपर्छ भनेर बोलाएँ । अहिले उनलाई पनि पक्राउ गरियो । मलाई फौजदारी अपराधजस्तो गरेर हिरासतमा राखियो । ३ दिनको म्याद थपियो । फेरि म्याद थपको प्रयास गरिदैछ ।

अदालतमा वहसका क्रममा डा. ज्योतिले अदालतमा मुद्दा परेपछि विवादित रकमबाहेका कोर्ट फि पनि आफूले तिरेको बताउदै प्रमाण हेरेर न्याय दिन आग्रह गर्नुभयो ।

अदालतले थप अनुसन्धानका लागि डा. ज्योतिलाई प्रहरीको माग अनुरुप थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले कल डिटेल हेर्ने, विवादित कम्पनीको सञ्चालक भए नभएको हेर्नेलगायतका विषयमा अनुसन्धान गर्ने भन्दै ७ दिनको म्याद थपको माग गरेको थियो ।

डा.ज्योतिको वयानले दुर्ईतिहाई बहुमतको कम्युनिष्ट सत्ता स्वेदेशी, इमान्दार उद्योगी व्यापारीहरुलाई बद्नाम गराउदै माफियाहरुको पक्षपोषणमा लागेको आरोपलाई पुष्टि गरेको छ । संसदको संयुक्त समितिले बनाएको राजश्व चुहावटसम्बन्धी प्रतिवेदनमा तस्करको सूचीमा अभिलिखित भएका दीपक मल्होत्रा जस्ता व्यापारीलाई काखीमा राखेर भारत,चीन, कम्बोडिया लगायतका भ्रमणमा राज्यको प्रतिनिधि बनाउने तर मूल्य मान्यताका आधारमा व्यापार गर्दै राज्यलाई कर तिरिरहेका व्यापारीहरुलाई मुद्दामा फसाएर बद्नाम गरी विदेश पलायत हुन बाध्य पार्ने कम्युनिष्ट शासनसंग व्यापारिक र ब्यवसायिक समुदाय भयभित बनेका छन् ।

Share Now

Leave a comment.