वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ४ माघ । अमेरिकाको उथाहको साल्ट लेक सिटीमा शुक्रबार राती भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।
राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको जनाएको छ ।
सरकारी अधिकारीहरुले घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,” ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भनेका छन् ।
A terrible turn of events happening last night in Grantsville. 4 are dead, 3 of them under the age of 18 and a 5th victim is recovering in the hospital. One person is in custody and was arrested at the hospital for their murder. Live with @AmyNayNews with more only on @fox13 pic.twitter.com/nX2PLzGD3v
— Spencer Joseph (@SpencerJosephTV) January 18, 2020
उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र जना घाइतेको अस्पतालमा उपचार भइरेको जानकारी दिएका छन् ।
मृतकहरुमा एकजना आमा, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ ।
आक्रमण गर्ने र पिडीतहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको उनको भनाइ छ ।
प्रहरीले शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको जनाएको छ ।


















