Prakash Adhikari March 26, 2020

काठमाडौं, १३ चैत्र । कोरोना भाइरसको सम्भावित जोखिमबाट नेपालीहरुलाई जोगाउन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि देशभरका सडक, शहर-बजार र तिनका चोकहरु सुनसान छन्।

काठमाडौं उपत्यकाका चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

पहिलो र दोस्रो दिन भन्दा आज थप कडाइका साथ प्रस्तुत हुने तयारी सुरक्षाकर्मीले गरिरहेका छन्।

लकडाउनको पहिलो दिन ६८ जना पक्राउ परेका थिए भने दोस्रो दिन सय भन्दा धेरै पक्राउ परेका थिए।

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइ गर्न लागिरहेको छ ।

त्यसका लागि देशका केही ठाउँमा जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले उच्चस्तरीय समितिका अध्यक्ष एवम् उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले लकडाउनको पालनामा लापरवाही देखिएकोले सरकार अझ बोल्ड स्टेप चाल्न बाध्य हुनुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।

लकडाउनको दोस्रो दिन बुधबार केहीा ठाउँमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको थियो भने केही ठाउँमा युवाहरुलाई उठबस गराएर छाडिएको थियो।
नेपाल प्रहरीले लकडाउनलाई थप कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

Share Now

Leave a comment.