Prakash Adhikari March 26, 2020

काठमाडौं, १३ चैत्र । अत्यावश्यक सेवामा पर्ने बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि आंशिक रुपमा खुल्ने भएका छन्।

कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले दिएको निर्देशनपछि आज बैंक तथा वित्तीय संस्थाहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न लागेका हुन्।

नेपाल बैंकर्स एशोसियसनले बैंक तथा वित्तीय संस्थाका सीमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुने गरी खोल्न संबन्धित संस्थाहरुलाई अनुरोध गरिएको जनाएको छ।

उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबारको बैठकले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो।

बैंकहरु बन्द हुँदा नागरिकहरुलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकलेसमेत बैंकहरुलाई नगद अभाव हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएको थियो।

नेपाल राष्ट्र बैंकले सकेसम्म विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

राष्ट्र बैंकले प्रदेश तथा स्थानीय तहहरुमा स्थानीय प्रशासनसँगको समन्वयमा बैंकको अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

बैंकहरुले उच्चस्तरीय समिति र राष्ट्र बैंकको निर्देशन अनुसार आजदेखि आंशिक रुपमा सञ्चालन गर्न लागेका हुन्।

कुन बैंकका कुन शाखा खुल्छन्, कस्लाई सम्पर्क गर्ने ?

माछापुच्छ्रे बैंकले सात प्रदेशका १२ वटा शाखा ११ बजेदखि २ बजेसम्म कार्यालय सञ्चालन गर्ने गरी सो शाखा कार्यलयका १४ जना कर्मचारीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

प्रभु बैंकले काठमाडौं उपत्यकामा बबरमहलस्थित मुख्य कार्यालय, ललितपुरको जावलाखेल र भक्तपूरको कौशलटार शाखा खुल्ला रहने जनाएको छ । उपत्यका बाहरि भने स्थानीय प्रशासनले खोल्न दिएजति ठाउँमा शाखा खुल्ला रहेको जनाएको छ । बैंकले आज दिउँसोसम्ममा वेवसाइडमा खुल्ने शाखा, कर्मचारीहरुको नाम र सम्पर्क नम्बर राख्ने बताएको छ ।

आफ्नो वेव साइट मार्फत सेन्चुरी बैंकले शाखा कार्यलयको नाम र २१६ जना कर्मचारीहरुको नामवाली र उनीहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

यस्तै, सानिमा बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यलयहरुका लागी जम्मा ७९ जना कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ । बैंकले तोकेको शाखा कार्यलयबाट ती कर्मचारीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवाग्राहीलाई सेवा दिने जनाएको छ ।

एनआइसी एशिया बैंकले उपत्यकाभित्र भत्तपुर, कौशलटार, थापाथली, पुल्चोक र कमलादी शाखा खोल्ने भएको छ । ती शाखाका सम्बन्धीत अधिकारीहरुको नाम र नम्बर पनि वेवसाइडमा राखेको छ । त्यस्तै, उपत्यका बाहिर खुल्ने शाखा, सम्पर्क व्यक्ति र फोन नम्बर राखेको छ । त्यतिमात्रै होइन बैंकले विभिन्न विभागका जिम्मेवार अधिकारीहरुको नाम र नम्ब पनि उपलब्ध गराएको छ ।

ग्लोबल आइएमइ हिँजो ७ वटा ब्राञ्च खोलेका थियौं । आज चाहीँ कान्तिपथ ब्राञ्च मात्रै खोल्छौ । अन्य ठाउँमा पैसा निकाल्नु परेमा हामीलाई सम्पर्क नम्बर दिनु हामी आफैं फोन गरेर बोलाउँछौं । सीइओ क्षेत्रीले भने, बैंकमा राखेको पैसा औषधि किन्न, खाद्यान्न किन्न नपाउने अवस्था आउन दिँदैनौं ।

उपत्यका बाहिर भने सम्बन्धित प्रदेशका प्रमुखहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर शाखा खोल्न निर्देशन दिइएको उनले जानकारी दिए ।

‘हिँजो उपत्यकामा ६\७ वटा र देशभर गरी ७० ७५ वटा शाखाहरु खोलेका थियौं, आज खुल्ने शाखाको संख्या केही कम होला,’ उनले भने ।

त्यसैगरी, सिटिजन्स बैंकले पनि खुल्ने शाखा, सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर राखेको छ । एनबी बैंकले पनि खुल्ने शाखा, सम्पर्क व्यक्ति र फोन नम्बर वेवसाइडमार्फत सार्वजनिक गरेको छ ।

सनराइज बैंकले भिसा र डेबिट कार्ड, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवा सपोर्टका लागि उपत्यक भित्र र बाहिरका लागि ५ जना कर्मचारीको नाम र सम्पर्क नम्बर वेव साइट मार्फत सार्वजनिक गरेको छ । बैंकले कुन शाखा कार्यलय कति समयको लागि खुल्ला हुन्छ भनेर सुचना भने सार्वजनिक गरेको छैन । बैंकले सकेसम्म एटीएम बुथ नभएका शाखा खोल्ने जनाएको छ ।

त्यसैगरी, उपत्यकाभित्र एनएमबि बैंकका सीतापाइला, भक्तपूर, कुमारीपाटी शाखा खुल्ला रहने सीइओ सुिनल केसीले जानकारी दिए । अन्य स्थानमा ग्राहकको माग बमोजिम शाखा खोलेर सेवा दिने उनले बताए ।

मेगा बैंकले ७ वटा प्रदेश कार्यलयको र उपत्यका भित्र र बाहिरका गरेर २९ वटा शाखा कार्यलय गरी जम्मा ३८ जना कर्मचारीको नाम र सम्पर्क नम्बरको सुची वेव साइटमा राखेको छ ।

नेपाल इनभेष्टमेन्ट बैंकले उपत्यका भित्र दरबारमार्ग, लगनखेल र सिपाडोल शाखा कार्यलउ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र उपत्यका बाहिरका शाखा कार्यलयहरु बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म खुल्ला हुने जनाएको छ । बैंकले कर्मचारीहरुको नामावली र सम्पर्क नम्बर भने वेव साइटमा सार्वजनिक गरेको छैन ।

सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकको रामशाहपथ स्थित कर्पोरेट कार्यालय र सरकारी कारोबारका लागि सिंहदरबारभित्रको शाखा बिहानको १० बजेदेखि दिउँसोको १ बजेसम्म खोलेको छ । उपत्यका बाहिर भने स्थानीय सरकारको आदेश अनुसार खोल्ने वा बन्द गर्ने भन्ने सूचना वेवसाइडमा राखेको छ । बैंकले अत्यावश्यक परेको खण्डमा फोन गर्न भन्दै विभिन्न व्यक्तिको नाम र सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले नयाँ बनेश्वर शाखामात्र बिहान १० बजेदखि दिउँसो १ बजेसम्म रकम जम्मा गर्न र झिन्ने प्रयोजनमा आउने ग्राहकलाई सेवा दिने गरी कार्यलय खोल्ने सुचना जारी गरेको छ । बैंकले कार्यलयमा कार्यरत रहने कर्मचारीको नाम र सम्पर्क नम्बर भने सार्वजनिक गरेको छैन ।

त्यसैगरी, एभरेष्ट बैंकले उपत्यकाभित्र पानीपोखरीस्थित मूख्य कार्यालय, सिंहदरबार, बानेश्वर, शाखा खोल्ने जनाएको छ । उपत्यका बाहिर भने स्थानीय प्रशासनसँग समन्वय गरेर शाखा खोलिने छ ।

सिद्धार्थ बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यलयहरुका लागी जम्मा १८२ जना कर्मचारीहरुको नाम र सम्पर्क नम्बर र शाखा कार्यलयको नाम सार्वजनिक गरेको छ । बैंकले तोकेको शाखा कार्यलयबाट ती कर्मचारीले बिहान ११ बजेदेखि समँझ ५ बजेसम्म सेवाग्राहीले बैंकको सेवा सम्बन्धी जानकारीको लागि सम्पर्क गर्न सक्ने सुचनामा उल्लेख गरिएको छ ।

facebook sharing button133
twitter sharing button
email sharing button

ट्वी

Share Now

Leave a comment.