काठमाडौं। १३ चैत्र । बैंक वित्तीय, तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज भुक्तानीमा व्यवसायी र ऋणीहरुले राहत पाउने भएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको आर्थिक गतिविधि भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि सरकारले यस्तो सहुलियत दिने भएको हो ।
अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित ९ वटा निर्णय गरेको छ ।




















