काठमाडौं, २२ चैत्र । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट बिरामी हुनेको संख्या ११ लाख नजिक पुगेको छ भने यसको कारण जीवन गुमाउनेको संख्या ५९ हजार नाघेको छ ।
कोरोना भाइरस संक्रमणको अभिलेख राख्दै आएको बल्र्डोमिटरका अनुसार हालसम्म कोरोनाको संक्रमणबाट १० लाख ९८ हजार ३ सय ९० जना संक्रमित भएका छन् । त्यस्तै यसको कारण विश्वमा ५९ हजार १ सय ५९ जनाले जीवन गुमाएका छन् ।
संक्रमितमध्ये २ लाख ९ सय २३ जना निको भएका छन् । ८ लाख १० हजार ३ सय ८ सक्रिय घट्नामध्ये ७ लाख ७० हजार ९ सय १७ जना सामान्य अवस्थामा छन भने ३९ हजार ३ सय ९१ जना गम्भीर बिरामी छन् ।
कोरोनाको संक्रमणको चपेटामा अहिले विश्व शक्ति राष्ट्र अमेरिका परेको छ । एकै दिन कोरोनाबाट मृत्यु हुने र संक्रमित हुनेको संख्यामा शुक्रबार अमेरिका शीर्ष स्थानमा रह्यो । अमेरिकामा शुक्रबार कोरोनाबाट १ हजार ३ सय २१ जनाले ज्यान गुमाए । यो संगै कोरोनाबाट जीवन गुमाउनेको संख्या अमेरिकामा ७ हजार ३ सय ९२ पुगेको छ । शुक्रबार अमेरिकामा ३२ हजार २ सय ८४जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखा परेको थियो । यो सहित अमेरिकामा कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ६१ पुगेको छ ।
शुक्रबार अमेरिकापछि फ्रान्समा सबैभन्दा बढीले कोरोनाको कारण जीवन गुमाए । शुक्रबार फ्रान्समा कोरोनाको कारण १ हजार १ सय २० जनाले मृत्युवरण गरे । यो सहित कोरोनाको कारण फ्रान्समा मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ जना पुगेका छन् । फ्रान्समा शुक्रबार कोरोनाका ५ हजार २ सय ३३ नयाँ संक्रमित बिरामी भेटिएका छन् । फ्रान्समा अहिलेसम्म ६४ हजार ३ सय ३८ जना यस घातक रोगको संक्रमणमा परेका छन् ।
कोरोनाको संक्रमणबाट शुक्रबार सबैभन्दा बढी जीवन गुमाउने राष्ट्रको तेस्रो स्थानमा स्पेन पुगेको छ । शुक्रबार स्पेनमा कोरोनाको कारण ८ सय ५० जनाले मृत्युवरण गरे । यो सहित कोरोनाको कारण स्पेनमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ९८ जना पुगेका छन् । फ्रान्समा शुक्रबार कोरोनाका ७ हजार १ सय ३४ नयाँ संक्रमित बिरामी भेटिएका छन् । स्पेनमा अहिलेसम्म १ लाख १९ हजार १ सय ९९ जना यस घातक रोगको संक्रमणमा परेका छन् ।
इटालीमा कोरोनाबाट संक्रमण र मृत्यु हुने दर केही कम भए पनि यसको विनास रोकिएको छैन । शुक्रबार इटालीमा कोरोनाको कारण ७ सय ६६ जनाले मृत्युवरण गरे । यो सहित कोरोनाको कारण इटालीमा मृत्यु हुनेको संख्या १४ हजार ६ सय ८१ जना पुगेको छ । इटालीमा शुक्रबार कोरोनाका ४ हजार ५ सय ८५ नयाँ संक्रमित बिरामी भेटिएका छन् । इटालीमा अहिलेसम्म १ लाख १९ हजार ८ सय २७ जना यस घातक रोगको संक्रमणमा परेका छन् ।
बेलायतमा पनि कोरोना भाइरसको संक्रमण र मृत्युदर अनपेक्षित रुपमा बढेको छ । शुक्रबार बेलायतमा कोरोनाको कारण ६ सय ८४ जनाले मृत्युवरण गरे । यो सहित कोरोनाको कारण बेलायतमा मृत्यु हुनेको संख्या ३ हजार ६ सय ५ जना पुगेका छन् । बेलायतमा शुक्रबार कोरोनाका ४ हजार ४ सय ५० नयाँ संक्रमित बिरामी भेटिएका छन् । बेलायतमा अहिलेसम्म ३८ हजार १ सय ६८ जना यस घातक रोगको संक्रमणमा परेका छन् ।
जर्मनीमा शुक्रबार कोरोना भाइरसको संक्रमणमा परेका १ सय ६८ जनाले जीवन गुमाए । योसंगै जर्मनीमा कोरोनाको कारण जीवन गुमाउनेको संख्या १ हजार २ सय ७५ पुगेको छ । जर्मनीमा शुक्रबार ६ हजार ३ सय ६५ नयाँ घट्ना सामुन्ने आएका छन् । त्यहाँ संक्रमितको संख्या ९१ हजार १ सय ५९ पुगेको छ ।
नेदरल्याण्ड्मा पनि कोरोनाको ्संक्रमण फैलदै गएको छ । शुक्रबार नेदरल्याण्ड्समा १ सय ४८ जना कोरोनाका बिरामीले देहत्याग गरे । योसंगै कोरोनाबाट जीवन गुमाउनेको संख्या त्यहाँ १ हजार ४ सय ८७ पुगेको छ । शुक्रबार नेदरल्याण्ड्समा १ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या १५ हजार ७ सय २३ पुगेको छ ।
इरानमा शुक्रबार १ सय ३४ जना कोरोनाभाइरस संक्रमितले जीवन गुमाए । यो सहित इरानमा कोरोनाबाट जीवन गुमाउनेको संख्या ३ हजार २ सय ९४ पुगेको छ । इरानमा शुक्रबार २ हजार ७ सय १५ जनामा नयाँ संक्रमण देखिएको छ भने हालसम्म कोरोनाभाइरसको संक्रमणमा पर्नेहरुको संख्या ५३ हजार १ सय ८३ पुगेको छ ।
बेल्जियममा कोरोना भाइरसको संक्रमणको कारण शुक्रबार १ सय ३२ जना बिरामीले ज्यान गुमाएका छन् । योसहित कोरोनाबाट मृत्युवरण गर्नेहरुको संख्या बेल्जियममा १ हजार १ सय ४३ पुगेको छ । शुक्रबार बेल्जियममा १ हजार ४ सय २२ जनामा कोरोनाको नयाँ संक्रमण थपिएको छ । बेल्जियममा कोरोनाबाट संक्रमित हरुको संख्या १६ हजार ७ सय ७० पुगेको छ ।
स्वीडेनमा शुक्रबार कोरोनाभाइरसको संक्रमणमा परेका ५० जनाले जीवन गुमाएका छन् । यो सहित कोरोनाबाट जीवन गुमाउनेको संख्या त्यहाँ ३ सय ५८ पुगेको छ । त्यहाँ शुक्रबार ५ सय ६३ वटा नयाँ संक्रमित थपिएका छन् । कोरोनाबाट संक्रमितको कुल संख्या स्वीडेनमा ६ हजार १ सय ३१ पुगेको छ ।
चीनमा कोरोना संक्रमण र मृत्युको संख्या नाटकीय रुपमा घटेको छ । शुक्रबार कोरोनाको संक्रमणका कारण जम्मा ४ जनाले जीवन गुमाएका छन् । त्यहाँ कोरोनाको कारण मृत्युवरण गर्नेको संख्या ३ हजार ३ सय २२ पुगेको छ । शुक्रबार चीनमा ३१ जनामा नयाँ संक्रमण देखिएको छ । योसंगै चीनमा संक्रमणमा पर्नेहरुको संख्या ८१ हजार ६ सय २० पुगेको छ ।
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शुक्रबार कोरोनाभाइरसका कारण ३९ जनाले जीवन गुमाएका छन् । यो संगै त्यहाँ कोरोनाबाट मृत्युवरण गर्नेको संख्या ३ सय ६३ पुगेको छ । त्यहाँ शुक्रबार १ हजार १ सय ५६ जना नयाँ कोरोना संक्रमित विरामी देखिएका छन् । कोरोनाबाट ब्राजिलमा ९ हजार १ सय ९४ जना संक्रमित छन् ।
कोरोनाबाट पोर्चुगलमा शुक्रबार ३७ जनाले मृत्युवरण गरेका छन् । योसंगै त्यहाँ कोरोनाबाट जीवन गुमाउनेको संख्या २ सय ४६ पुगेको छ । शुक्रबार त्यहाँ ८ सय ५२ जना कोरोनाका नयाँ बिरामी भेटिएका छन् । कोरोनाबाट पोर्चुगलमा ९ हजार ८ सय ८६ जना संक्रमित भएका छन् ।
क्यानडामा शुक्रबार कोरोनाबाट ३५ जनाको मृत्यु भयो । योसंगै कोरोनाबाट जीवन गुमाउनेको संख्या त्यहाँ २ सय ८ पुगेको छ । शुक्रबार क्यानडामा थप १ हजार ९२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसंगै क्यानाडामा कोरोनाभाइरस संक्रमितको कुल संख्या १२ हजार ३ सय ७५ पुगेको छ ।
नेपालको छिमेकी मित्र राष्ट्र भारतमा शुक्रबार कोरोनाबाट कुनै विरामी मरेको पुष्टि भएको छैन । त्यहाँ हालसम्म कोरोनाबाट ७२ जनाले ज्यान गुमाएका छन् । शुक्रबार भारतामा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म भारतमा २ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् । पोखराको प्रयोगशालामा नमूना परीक्षण गर्दा पोजेटिभ देखिएका कास्कीका एक विरामीको स्वाव टेकुको प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना नभएको पुष्टि भएको बताइएको छ ।


















